Sunday, September 13, 2009

जल्दा जल्दा खरानी भएको मान्छेलाई!

मेरो सुर्ता नगर्नु, म सोची मन नपिर्नु
यादै यादमा जल्दा जल्दा खरानी भएको मान्छेलाई
फेरी तिमी एकपल्ट जलाउँला नसोच्नु

आफु नजल्नु, मनलाई नपोल्नु
मेरा यादका घाऊहरु कता कता चहर्याए
मलाई नै बिर्सी बरु मल्हम लगाउनु

हिजो हाँसोमा तिम्रो, मेरो खुशी थियो
आज तिम्रो खुशीमा, मेरो हाँसो अडेको छ
त्यही खुशीको लागि आफ्नै मनलाई दागबत्ती हासीं दिएँ

अब मेरो यादको जुठो नबारी तिमी बस् अघि बढ्नु
आफ्ना कर्तब्य लक्ष्य सारा चिताएझैं पुरा गर्नु
तिमीले भने जस्तै कुनै दिन फेरी मन ब्युँताई दिउँला

अमृत तिम्रो साथको छर्की, फेरी साथ जीवन अघि बढाईदिउंला
तर मेरो सुर्ता नगर्नु, म सोची मन नपिर्नु
जल्दा जल्दा खरानी भएको मान्छेलाई फेरी एकपल्ट जलाउँला नसोच्नु

© ज्योति मिश्र

4 comments:

  1. Living in peril of everlasting torment is never an option...One has to move forward and inagurate the next phase....J

    ReplyDelete
  2. Someone sounds happy! :)

    ReplyDelete

Thanks for visiting my blog!