Saturday, September 19, 2009

बिजया दशमीको मंगलमय शुभकामना सँगै!

शिलापुत्रीदुर्गाले जीवनसँग लड्ने शक्ती दिउन्
ब्रम्हचारिणी दुर्गाले मनमा खुशी, उन्नती, र प्रगती दिउन्
चन्द्रघण्टा दुर्गाले शत्रु सँग लड्ने क्षमता दिउन्
कुश्मान्डा दुर्गाले जीवनमा ज्योति छरीदिउन्

स्कन्दमाता दुर्गाको आशिर्वाद सबलाई मिली रहोस्
कात्यायानी दुर्गाले सबको मनोकांक्षा पुरा गरुन्
कालरात्री दुर्गाले सधैं दु:ख कष्टबाट टाढै राखुन्
महागौरी दुर्गाले जीवनलाई शुद्धीकरण गर्ने क्षमता दिउन्

शिद्धीधात्री दुर्गाले महादेवलाई पनि आशिक दिए जस्तै
सबैलाई नबदुर्गाले नै मनले चिताएको आशिक दिउन्
अनि बिजया दशमीले जीवनमा एउटा नयाँ उमङ्ग ल्याओस्
खुशी मिलोस्,मार्गदर्शन मिलोस्, चिताएको कुरा सबै पुगोस्

बिजया दशमीको सबैलाई हार्दिक मंगलमय शुभकामना!

© ज्योति मिश्र २००९

Sunday, September 13, 2009

जल्दा जल्दा खरानी भएको मान्छेलाई!

मेरो सुर्ता नगर्नु, म सोची मन नपिर्नु
यादै यादमा जल्दा जल्दा खरानी भएको मान्छेलाई
फेरी तिमी एकपल्ट जलाउँला नसोच्नु

आफु नजल्नु, मनलाई नपोल्नु
मेरा यादका घाऊहरु कता कता चहर्याए
मलाई नै बिर्सी बरु मल्हम लगाउनु

हिजो हाँसोमा तिम्रो, मेरो खुशी थियो
आज तिम्रो खुशीमा, मेरो हाँसो अडेको छ
त्यही खुशीको लागि आफ्नै मनलाई दागबत्ती हासीं दिएँ

अब मेरो यादको जुठो नबारी तिमी बस् अघि बढ्नु
आफ्ना कर्तब्य लक्ष्य सारा चिताएझैं पुरा गर्नु
तिमीले भने जस्तै कुनै दिन फेरी मन ब्युँताई दिउँला

अमृत तिम्रो साथको छर्की, फेरी साथ जीवन अघि बढाईदिउंला
तर मेरो सुर्ता नगर्नु, म सोची मन नपिर्नु
जल्दा जल्दा खरानी भएको मान्छेलाई फेरी एकपल्ट जलाउँला नसोच्नु

© ज्योति मिश्र

Wednesday, September 9, 2009

ईच्छालाई दु:ख अनि सन्तुष्टीलाई सुख सम्झ्यो !

धेरै सोच्नु नै बेकार जस्तो
कपाल मात्र झार्नु जस्तो
जस्तो आउंछ त्यस्तै टर्छ
ब्यर्थ टाउको केलाई दुखाई जस्तो

मुस्कुराउंदै अघि बढ्यो
अहिलेको सांस खुशीमा फेर्यो
कसैलाई थाहा नभएको आफ्नो आयु
सकेसम्म हरपल हर्सित भई खर्च्यो

आफुलाई जे ठीक लाग्छ त्यही गर्यो
जे रुच्छ त्यही खायो
जहाँ निन्द्रा लाग्छ त्यही पल्टियो
जे मन पर्छ त्यही लायो

सकेसम्म खल्ती भर्यो
नसकेनी खाली न गर्यो
ईच्छालाई दु:ख सम्झी
सन्तुष्टीलाई सुख सम्झ्यो

भएका रहर सबै बिस्तारै पुग्लान्
यो पाइलाले बिस्तारै संसारै टेक्लान्
समस्या भएका सबै बिस्तारै टर्लान्
आजभन्दा भोलीका पल प्रगतीतिरै बढ्लान्

त्यसो भए धेरै के सोचाई भो र
झरिराको कपाल झन् के झराई भो र
जीवन, जस्तो आउंछ त्यस्तै टारुंला
ब्यर्थ टाउको केलाई दु:खाई भो र !

धेरै सोच्नु नै बेकार जस्तो
कपाल मात्र झार्नु जस्तो
जस्तो आउंछ त्यस्तै टर्छ
ब्यर्थ टाउको केलाई दुखाई जस्तो

© ज्योति मिश्र

सोच्छ यो मन के होला जीवन भने जस्तो सबै पाए

यस्तो पाए, उस्तो पाए
सोचे जस्तो सबै पाए
सोच्छ यो मन, के होला जीवन
भने जस्तो सबै पाए

बादलुको यात्रामा सधैं
साथी बन्न पाए
हावाको तरङ्गसँगै
बही रहन पाए

फुलको सुबाशमा
रमि रहन पाए
सागरको लहरसँगै
तैरी रहन पाए

मदहोशीमा जीवन
झुमी रहन पाए
५ डलरको लटरीमा
मिलियन डलर पाए

संसारको कुना कुनामा
रमि हिंड्न पाए
जिन्दगी को रहर इच्छा
सबै पुग्न पाए

भाग्यमानी जीवनमा हामी
सपना देख्ने त सामर्थ छ
सपना देख्ने पनि सपना देख्ने
करोडौंको मुहारमा मुस्कान ल्याउन पाए

यस्तो पाए, उस्तो पाए
सोचे जस्तो सबै पाए
सोच्छ यो मन, के होला जीवन
भने जस्तो सबै पाए

© ज्योति मिश्र
Thanks for visiting my blog!