Wednesday, September 9, 2009

ईच्छालाई दु:ख अनि सन्तुष्टीलाई सुख सम्झ्यो !

धेरै सोच्नु नै बेकार जस्तो
कपाल मात्र झार्नु जस्तो
जस्तो आउंछ त्यस्तै टर्छ
ब्यर्थ टाउको केलाई दुखाई जस्तो

मुस्कुराउंदै अघि बढ्यो
अहिलेको सांस खुशीमा फेर्यो
कसैलाई थाहा नभएको आफ्नो आयु
सकेसम्म हरपल हर्सित भई खर्च्यो

आफुलाई जे ठीक लाग्छ त्यही गर्यो
जे रुच्छ त्यही खायो
जहाँ निन्द्रा लाग्छ त्यही पल्टियो
जे मन पर्छ त्यही लायो

सकेसम्म खल्ती भर्यो
नसकेनी खाली न गर्यो
ईच्छालाई दु:ख सम्झी
सन्तुष्टीलाई सुख सम्झ्यो

भएका रहर सबै बिस्तारै पुग्लान्
यो पाइलाले बिस्तारै संसारै टेक्लान्
समस्या भएका सबै बिस्तारै टर्लान्
आजभन्दा भोलीका पल प्रगतीतिरै बढ्लान्

त्यसो भए धेरै के सोचाई भो र
झरिराको कपाल झन् के झराई भो र
जीवन, जस्तो आउंछ त्यस्तै टारुंला
ब्यर्थ टाउको केलाई दु:खाई भो र !

धेरै सोच्नु नै बेकार जस्तो
कपाल मात्र झार्नु जस्तो
जस्तो आउंछ त्यस्तै टर्छ
ब्यर्थ टाउको केलाई दुखाई जस्तो

© ज्योति मिश्र

3 comments:

  1. I agree...There is no point crying over spilled milk,no point banging ones head on the wall,no point losing sleep over when life has so much to offer....J

    ReplyDelete

Thanks for visiting my blog!