Thursday, October 22, 2009

अगाडी हेर्यो ठाडो उकालो पछी फर्क्यो कि भीर छ !

अगाडी हेर्यो ठाडो उकालो
पछी फर्क्यो कि भीर छ
जीवनको यो कस्तो गोरेटो
जता लागे नि पिर्छ

गन्तब्य छ एकातिर
बाटो घुम्या घुम्यै गर्छ
कदम बढाउनु छ अघि थाहा छ
पाईलाले साथ नदिएर पिर्छ

अगाडी हेर्यो ठाडो उकालो
पछी फर्क्यो कि भीर छ
जीवनको यो कस्तो गोरेटो
जता लागे नि पिर्छ

थकाई मार्यो कि यो गोरेटोमा
पक्कै अबेर हुने डर छ
जे सुकै होस् भनी मतलब नगर्यो
आकांक्षाहरुले मन झनै पिर्छ

अगाडी हेर्यो ठाडो उकालो
पछी फर्क्यो कि भीर छ
जीवनको यो कस्तो गोरेटो
जता लागे नि पिर्छ

© ज्योति मिश्र २००९
Thanks for visiting my blog!