Thursday, September 11, 2008

जीवनले सिकाउंदै छ!

काठमाडौंको जस्तो आत्मियता

टोकियोको जस्तो रङ्गीन शाम

पेरिसको जस्तो सौन्दर्य

न्यूयोर्क को जस्तो बिशाल बिबिधता

कस्तो मीठो छ, यो दुनियाँको समिश्रन

अझै बुएनोस आएरेस को मोहकता

सान पाउलो को रौनक ता

लण्डन को जस्तो गर्ब

अनी सिङ्गापुर सिड्नी जस्तो मालिन्यता

अझ कति मनमोहक होला यो दुनियाँ

शायद बाँच्न जान्नु पर्ने रहेछ

बिस्तारै सिक्दैछु!

जीवनले सिकाउंदै छ!

बिस्तारै जान्न्दै छु!

© ज्योति मिश्र

No comments:

Post a Comment

Thanks for visiting my blog!