कल्पनाको गोरेटो हुँदै
स्वप्निल उड़ानमा निक्लेकी उनी।
मलाई आफ्नो जिंदगीको
सुन्दर स्वर्णलोकमा डोर्याउँदै छिन॥
कोमल त्यो स्पर्षसंगै
मिठो उनको सुबाषलाई।
न्यानो संग अंगालेर
नबीन लोकतिर म बढ्दै छु ॥
गंतब्यको कसलाई सुर्ता
यात्रामै मन आनंदित छ ।
कतै नपुग्दै जहाँ पुगेको छु
छैन चाह अन्त कतै पुग्न ॥
केवल स्पर्ष र सुबाषले
बस यो मनलाई सिंची रहोस।
म छू उतै जहाँ उनको
कल्पनाको सुन्दर संसार छ ॥
© ज्योति मिश्र
Love is the inarticulate speech of the heart that we somehow translate.I take this is ur translation of being in love....J
ReplyDeletevery interesting thought! :)
ReplyDeleteHmm.....J
ReplyDelete